नेपाली कांग्रेस धादिङको सभापतिमा रामनाथ अधिकारीले उम्मेद्वारी घोषणा गर्नुभएको छ । नेपाली कांग्रेस धादिङको आसन्न १४ औं महाधिवेशन अन्र्तगत पौडेल समुहबाट अधिकारीले उम्मेद्वारी घोषणा गर्नुभएको हो ।

नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमा आज एक कार्यक्रमका विच उम्मेद्वारी घोषणा गरिएको हो । यस्तै प्रतिनिधि सभा क्षेत्र नम्बर १ को क्षेत्रिय सभापतिमा कुमार सिंखडा, क्षेत्र नम्बर २ को क्षेत्रिय सभापतिमा राकेश धमलाले उम्मेद्वारी घोषणा गर्नुभएको छ । प्रदेश सभा क्षेत्र नम्बर १ ‘क’ मा राजकुमार कुँवर, ‘ख’ मा विष्णु रुपाखेतीले उम्मेद्वारी घोषणा गर्नुभएको नेपाली कांग्रेस धादिङका नेता नबराज तिमिल्सीनाले जानकारी दिनुभयो ।

यस्तै प्रदेश सभा क्षेत्र नम्बर २ ‘क’ मा होमबहादुर गुरुङ र ‘ख’ मा हरि तामाङले उम्मेद्वारी घोषणा गर्नुभएको छ । उम्मेद्वारी घोषणा कार्यक्रममा पार्टी सभापति रमेश धमला, उपसभापती भक्त लामा, वर्तमान क्षेत्रिय सभापति योग बहादुर तामाङ, कृष्ण रिमाल, नेपाली कांग्रेस धादिङका वरिष्ठ नेता हरि अधिकारी, बासु तिमिल्सीना, फणिकान्त छत्कुली, विश्व अर्याल लगायत गाउँपालिका र वडा सभापतिहरुको उपस्थिति रहेको नेता नबराज तिमिल्सीनाले बताउनुभयो ।

यस अघि भिमप्रसाद ढुङ्गानाले आफ्नो उम्मेद्वारी घोषणा गरिसक्नुभएको छ । उम्मेद्वारी घोषणा गर्नुभएका रामनाथ अधिकारी रामचन्द्र पौडेल पक्ष र भिमप्रसाद ढुङ्गाना प्रधानमन्त्री शेरबहादुर पक्षको रुपमा चिनिनुहुन्छ ।

Facebook Comments