मंसिर २१, धादिङ ।
२७ औं नारायणगोपाल स्मृति दिवस देशभर मनाईयो । स्मृति दिवशका अवसरमा विभिन्न संगीत क्षेत्रका विशेष व्यक्तित्वहरुको उपस्थितिमा दिवश मनाईएको हो । वर्षेनी नारायण गोपालको स्मृति दिवश मनाउँदै आएको भएता पनि यो वर्ष भने विशेष भएको सहभागीहरुले प्रतिक्रिया दिएका छन् ।

स्मृति दिवश समारोहमा धादिङका युवा गजलकार तथा गायक लालकाजी श्रेष्ठले गाउनुभएको गीतले गर्दा कार्यक्रम विशेष भएको सहाभागीहरुको भनाई छ । श्रेष्ठले बरिष्ठ गीतकार यादव खरेलको गीत ‘पिउँदा पिउदै जीन्दगी यो रित्ताउँन चहान्छु म’ भन्ने बोलको गीत गाएर सहभागीहरुलाई  मत्रमुग्ध पार्नुभएको थियो ।

धादिङमा जन्मिएर काठमाण्डौंलाई कर्मथलो बनाउँदै आउनु भएका श्रेष्ठ गायक, गजलकार मात्र नभई गीत एरेञ्जर, सञ्चारकर्मी एवं सफल व्यवसायीको रुपमा पनि परिचित हुनुहुन्छ । आफु बाल्यकालदेखि नै नारायणगोपालको फ्यान भएको र उहाँकै गीत सुन्दै हुर्केका कारण पनि आफ्नो स्वरमा स्वर सम्राट नारायणगोपालको आवाजमा निहित मिठास उत्पन्न भएको हुन सक्ने बताउनुभयो ।

श्रेष्ठको गायकी सुनिसकेपश्चात उपस्थितहरूले नारायणगोपालको झल्को मेटिएको प्रशंसा गरेका थिए । सबैको साथ र हौसलाकै कारण आफुलाई संगीत क्षेत्रमै समर्पित रहने चाहना जागृत भएको बताउनुभएको थियो ।
नारायण गोपाल संगीत कोष भवनको प्राङ्गण काठमाण्डौंमा सम्पन्न भएको कार्यक्रममा रञ्जित नेपाली, कुशल पौडेल, कुष्ण बिश्वकर्मा, मदन गोपाल, सुरूज थापा, अजर जंगम, लालकाजी श्रेष्ठ, शिशिर योगी, निसा देसार, सरला बि.सी देबेन्द्रमान सिह, मथुरा श्रेष्ठ प्रधान र मनोज शिवाकोटिल पनि नारायणगोपालले गाउनु भएको गीत गाउनु भएको  थियो ।

कार्यक्रमकै अवसरमा संगितकार एवं गीतकारहरुलाई सम्मान पनि गरिएको थियो । सम्मानित हुनेहरुमा सिके रसाईली रत्नशम्शेर थापा, नगेन्द्र थापा, कालीप्रसाद रिजाल, किरण खरेल, भैरवनाथ रिमाल, किरण खरेल, माधबप्रसाद घिमीरे, कञ्चन पुडासैनी, दुर्गालाल श्रेष्ठ, चेतन काकीर्, मनबहादुर मुखिया र यादब खरेल हुनुहुन्थ्यो ।

भिडियो हेर्नुहोस् :

Facebook Comments