नेकपा (माओवादी केन्द्र) धादिङले जिल्लाको ९९ वटा वडामा अधिवेशन सम्पन्न गरि सर्वसम्मत नेतृत्व चयन गरेको छ ।

धादिङको १ सय ४ ओटा वडा मध्ये ५ ओटा वडामा भने नेतृत्व चयन हुन बाँकी रहेको नेकपा माओवादी केन्द्र धादिङका अध्यक्ष विजय बुर्लाकोटीले जानकारी दिनुभयो । अहिले सम्म भएको नेतृत्व चयनमा कान्छो उमेरका वडा अध्यक्ष निलकण्ठ नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष अभिषेकजंग भण्डारी बन्नुभएको छ । भण्डारी मात्र २० वर्षको हुनुहुन्छ ।

सानै उमेरदेखी नेकपा माओवादी केन्द्रको राजनितिमा सक्रिय भण्डारीलाई सर्वसम्मत वडा अध्यक्षमा चयन गरिएको वासियल धादिङका सचिवालय सदस्य नबराज मजाकोटी (चर्चिल)ले जानकारी दिनुभयो । नेकपा माओवादी केन्द्रको अहिलेसम्म नीलकण्ठ, नेत्रावती, धुनिबेसी, थाक्रे, वेनिघाट रोराङ, ज्वालामुखी र गंगाजमुना गाउँपालिकाको सबै वडामा नयाँ नेतृत्व चयन भईसकेको छ ।

भने बाँकीे ५ वटा वडामा सर्वसम्मत नेतृत्व चयनको लागि छलफल र प्रयास भईरहेको नेकपा माओवादी केन्द्र धादिङले जनाएको छ । नेतृत्व चयन हुन बाँकि रहेको वडाहरुमा गजुरी गाउँपालिकाको–४, सिद्दलेक –४, गल्छी –७, त्रिपुरासुन्दरी–५, रुविभ्याली गाउँपालिकाको –१ नम्बर वडामा छलफल जारी रहेकाले अबको दुई तिन/दिन भित्र नेतृत्व चयन हुने नेकपा माओवादी केन्द्र धादिङका जिल्ला संयोजक विजय बुर्लाकोटीले जानकारी दिनुभयो ।

Facebook Comments