२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङमा मंसिरर १७ गतेदेखि मतदाता नामावली संकलन सुरु हुदै

धादिङमा मंसिरर १७ गतेदेखि मतदाता नामावली संकलन सुरु हुदै
सेयर गर्नुहोस्
०सेयर

धादिङमा स्थानीय तहको कार्यालयबाटै मतदाता नामावली संकलन सुरु हुदैछ ।

मंसिरर १७ गतेदेखि मतदाता नामावली संकलन सुरु गरिने भएकोले अहिलेसम्म छुटेका र नयाँ दर्ता गराउन जिल्ला निर्वाचन कार्यालय धादिङले आग्रह गरेको छ । आ–आफ्नै स्थानीय तहको कार्यालयबाट मतदाता नामावली संकलन गर्ने भएकोले नेपाली नागरिकता प्राप्त गरेका नागरिकले समयमै दर्ता गराउन कार्यालयले आग्रह गरेको हो ।

योपटक मतदाता नामावली संकलन कार्यक्रम २ चरणमा गर्न लागेको जिल्ला निर्वाचन कार्यालय धादिङका जिल्ला निर्वाचन अधिकारी सन्तोष कुमार श्रेष्ठले बताउनुभयो । धादिङमा पहिलो चरणमा रुवीभ्याली, गंगाजमुना, सिद्धलेक, गजुरी, ज्वालामुखी गाउपालिका र धुनीबेशी नगरपालिकामा मंसिर १७ गतेदेखि २६ गतेसम्म १० दिन मतदाता नामावली संकलन गरिने निर्वाचन कार्यालय धादिङले जनाएको छ ।

यस्तै दोस्रो चरणमा त्रिपुरासुन्दरी, नेत्रावती डबजोङ, बेनिघाट रोराङ, थाक्रे, गल्छी, खनियाबास गाउपालिकामा मंसिर २८ गतेदेखि पुष ८ गतेसम्म संचालन हुने कार्यालयले जनाएको छ । यस्तै दर्ता गर्न छुट भएकाहरुले जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय धादिङबाट समेत दर्ता गराउन सकिने निर्वाचन अधिकारी सन्तोष कुमार श्रेष्ठले बताउनुभयो । मतदाता नामावली दर्ताको लागि अनिर्वाय रुपमा सक्कल नेपाली नागरिकता आवश्यक पर्नेछ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।