२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

मोतिया विन्दु भेटिएका आँखाका विरामीहरुको आँखा अस्पताल धादिङमा आजदेखी अप्रेशन सुरु

मोतिया विन्दु भेटिएका आँखाका विरामीहरुको आँखा अस्पताल धादिङमा आजदेखी अप्रेशन सुरु
सेयर गर्नुहोस्
०सेयर

जिल्ला सामुदायिक आँखा केन्द्रमा मंगलबार एकै दिन ८३ जनाको मोतिया विन्दुको अप्रेशन गरिएको छ । भने १ सय १ जनाको आँखाको जाँच गरिएको छ ।

धादिङ विभिन्न स्थानमा चरण चरणमा संञ्चालन गरिएको आँखा शिविरमा मोतिया विन्दु भेटिएका आँखाका विरामीहरुको मंगलबार अप्रेशन गरिएको हो । तिलगंगाा आँखा प्रतिष्ठान काठमाण्डौं, जिल्ला सामुदायिक आँखा केन्द्र धादिङको समन्वय तथा स्थानिय स्वास्थ्य संस्थाको सहयोगमा आँखा शिविर संञ्चालन गरिएको थियो ।

१ सय ३३ जना मोतिया विन्दु भएका आँखाका विरामी मध्ये मंगलबार ८३ जनाको अप्रेशन गरिएको र बुधबार बाँकी ५० जनाको अप्रेशन गरिने जिल्ला सामुदायिक आँखा केन्द्र धादिङका नेत्र अधिकृत रामसिं तामाङले जानकारी दिनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।