
गंगाजमुना माई मन्दिरमा चढाईएको भेटि एक लाख ५२ हजार संकलन भएको छ ।
कार्तिक २८ गते लागेको मेलामा भक्तजनहरुले चढाएको भेटि एक लाख ५२ हजार १ सय ६० रुपैयाँ संकलन भएकोे गंगाजमुना गाउँपालिकाका अध्यक्ष बलबहादुर अधिकारीले जानकारी दिनुभयो ।
मन्दिरमा संकलन भएको भेटि मन्दिरको पूर्वाधार निर्माणमा खर्च गरिने अध्यक्ष अधिकारीले बताउनुभयो । पूर्वाधार निर्माण तथा मन्दिर व्यवस्थापनको लागि गंगाजमुना विकास समिति नै निर्माण गरेर काम गर्ने उहाँले बताउनुभयो ।