२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

लैङिगक हिंसा विरूद्वको १६ दिने अभियानको अवसरमा धादिङको ठुलोचौरमा लोक गित प्रतियोगिता

लैङिगक हिंसा विरूद्वको १६ दिने अभियानको अवसरमा धादिङको ठुलोचौरमा लोक गित प्रतियोगिता
सेयर गर्नुहोस्
०सेयर

धादिङको ज्वालामुखी गाउपालिका वडा नम्बर १ ठुलोचौरमा सचेतनामुलक लोक गित प्रतियोगिता आयोजना गरिएको छ । ज्वालामुखी जिविकोपार्जन परियोजना अन्र्तरगत KKK BMZ जर्मनीको सहयोगमा प्रतियोगीता संञ्चान भएको हो ।

लैङिगक हिंसा विरूद्वको १६ दिने अभियानको अवसरमा ICDC Nepal धादिङको आयोजनामा भएको सचेतनामुलक लोक गित प्रतियोगितामा १४ ओटा टिमको सहभागीता रहेको थियो । जसमा बुढीगण्डकी कृषक समुह प्रथम, छापथोक कृषक समुह दितिय, देबिस्थान कृषक समुह तृतिय र अनुरोध कृषक समुह सान्त्वना भएको छ ।

प्रतियोगितामा प्रथम, दितिय, तृतिय र सान्त्वना हुने समुहलाई क्रमश नगद रु. ७ हजार ५ सय ६ हजार, ४ हजार ५ सय र ३ हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा उत्कृष्ट नृत्य लिलामाया झ्यालि मगर सहित अन्य ३ जनालाई नगद सहित प्रमाणपत्रबाट पुरस्कृत गरिएको छ ।

प्रतियोगिताको निर्णायक मण्डलमा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान धादिङ अध्यक्ष कमला गैरे, ICDC का कार्यक्रम ब्यबस्थापक बिनोद रिजाल, ज्वालामुखी गाउपालिका शिक्षा अधिकृत माधव मल्ल रहनुभएको थियो ।

कार्यक्रममा बलराम लम्साल, ज्वालामुखी गाउँपालिकाका उपाध्यक्ष जानुका सिंखडा ज्वालामुखी गाउँपालिका प्रमुख कार्यकारी अधिकृत बद्रीनाथ लम्साल गाँउपालिकाका कर्मचारी, विद्यालय अध्यक्ष, देविस्थान खानेपानी उपभोक्ता समितीका सदस्यहरू, कृषक समुह, बाल क्लवका अध्यक्ष एवम् सदस्याहरू लगायतको सहभागिता रहेको थियो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।