मंसिर २२, धादिङ ।

पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का  लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधीसभाका उम्मेदवार नेपाली काँग्रेसका विश्व अर्याल ले ६ हजार १ सय ७३ मत पाप्त गर्नु भएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्वर १ कै बामगठबन्धनका तर्फबाट प्रतिनिधीसभाका उम्मेदवार नेकपा एमालेका भुमी त्रिपाठीले १२ हजार ८ सय ३१ मत प्राप्त गर्नु भएको छ ।

त्यसैगरी प्रतिनिधीसभा क्षेत्र नं १ अन्तर्गत कै प्रदेशसभा निर्वाचन क्षेत्र नं १ का लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रदेशसभाका उम्मेदवार नेपाली काँग्रेसका मधुकुमार श्रेष्ठले ५ हजार २ सय ३८ मत प्राप्त गर्नु भएको छ भने बाम गठबन्धनका तर्फबाट प्रदेशसभाका उम्मेदवार नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डेले ११ हजार ६ सय ८५ मत प्राप्त गर्नु भएको छ ।

त्यस्तै त्यसैगरी प्रतिनिधीसभा क्षेत्र नं १ अन्तर्गत कै प्रदेशसभा निर्वाचन क्षेत्र नं २ का लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रदेशसभाका उम्मेदवार नेपाली काँग्रेसका प्रभात किरण सुवेदीले  ४ हजार ५ सय ७१ मत प्राप्त गर्नु भएको छ भने बाम गठबन्धनका तर्फबाट प्रदेशसभाका उम्मेदवार माओवादी केन्द्रका शालिकराम जमकट्टेलले १० हजार ३ सय ६६ मत प्राप्त गर्नु भएको छ ।

प्रतिनीधिसभा निर्वाचन क्षेत्र नम्वर २ का लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधीसभाका उम्मेदवार नेपाली काँग्रेसका दिलमान पाख्रिनले ८ हजार २ सय १५ मत पाप्त गर्नु भएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्वर २ कै बामगठबन्धनका तर्फबाट प्रतिनिधीसभाका उम्मेदवार नेकपा एमालेका खेमप्रसाद  लोहनीले ९ हजार ९ सय ९५ मत प्राप्त गर्नु भएको छ ।

त्यसैगरी प्रतिनिधीसभा क्षेत्र नं २ अन्तर्गत कै प्रदेशसभा निर्वाचन क्षेत्र नं १ का लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रदेशसभाका उम्मेदवार नेपाली काँग्रेसका रमेश धमलाले ७ हजार ९ सय ९९ मत प्राप्त गर्नु भएको छ भने बाम गठबन्धनका तर्फबाट प्रदेशसभाका उम्मेदवार नेकपा एमालेका डा. रामकुमार अधिकारीले ८ हजार १ सय ९१ मत प्राप्त गर्नु भएको छ ।

त्यस्तै त्यसैगरी प्रतिनिधीसभा क्षेत्र नं २ अन्तर्गत कै प्रदेशसभा निर्वाचन क्षेत्र नं २ का लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रदेशसभाका उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टीका डम्बरबहादुर तामाङले ७ हजार ६ सय ७१ मत प्राप्त गर्नु भएको छ भने बाम गठबन्धनका तर्फबाट प्रदेशसभाका उम्मेदवार माओवादी केन्द्रका जगत सिंखडाले ७ हजार ४ सय २९ मत प्राप्त गर्नु भएको छ ।

Facebook Comments