२८ मंसीर, धादिङ ।

नीलकण्ठ नगरपालिका वडा नम्बर ९ मा रहेको मुरलीभञ्ज्याङ साना किसान कृषि सहकारी संस्था लि।को १२ औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । यस सानाकिसान कृषि सहकारी संस्थाले समुदायमा रहेका समान्य कृषक सदस्यहरुको सामाजिक, आर्थिक जीवनस्तरमा परिवर्तन गर्दै सुखि, समृद्धि र खुशी बनाउन विभिन्न किसिमका सिप र क्षमताको विकास गर्दै आएको छ ।

सदस्यहरुलाइ सफल व्यवसायी र उद्यमी बनाउन आवश्यक स्रोत साधनहरुको व्यवस्थापनमा सहजिकरण गर्न स्थापित यस सहकारी संस्थाले सदस्य कृषकहरुको हितमा पनि काम गर्दै आएको छ ।

२०६६ सालमा स्थापना भएको यस संस्थामा अहिले १ हजार ८३ जना शेयर सदस्य रहेको छ । संस्थाले आर्थिक वर्ष २०७७र ०७८ सम्ममा कुल १३ करोड ११ लाख १६ हजार ४ सय चौबिस रुपैंया बराबरको कारोबार गरेको छ ।यस संस्थाले कृषि पशुपालन, व्यापार व्यवसाय, वैदेशिक रोजगारी लगाएतका क्षेत्रहरुमा लागानी गर्दै आएको छ । साथै संस्थाले अस आ।व। सम्ममा कुल ११ करोड ७ लाख ५८ हजार १ सया ८९ रुपैंया ऋण लगानी गरेको छ । यस आ।व।मा कुल ३५ लाख ६६ हजार ८ सय ४४ रुपैया नाफा आर्जन गरेको छ ।

संस्थाका अध्यक्ष दुर्गा दुवाडीको अध्यक्षता र सानाकिसान कृषि सहकरी संघ लि। धादिङका अध्यक्ष तथा जिल्ला सहकारी संघ लि।धादिङका सदस्य रंगप्रसाद थपलियाको प्रमुख आतिथ्यता रहेको थियो । साथै अन्य अतिथि र शेयर सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा असल ऋणी, जेष्ठ शेयर सदस्य र बढी शेयर खरिद गर्ने शेयर सदस्यहरुलाई सम्मान गरेको थियो । यस मुलरलीभञ्जयाङ साना किसान कृषि सहकारी संस्था लि।को कार्यक्षेत्र साविकको मुरलीभञ्ज्याङ गाविस तथा हालको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ र ८ रहेको छ ।

Facebook Comments