पृथ्वीराजमार्ग अन्र्तरगत धादिङको वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ५ विशालटारमा मंगलबार विहान ५ ः २० बजे ट्रक र ट्रिपर एक आपसमा ठोक्किदा एक जना गम्भीर घाईते भएका छन् ।

चितवनबाट काठमाण्डौं तर्फ आउँदै गरेको ना ३ ख ९९१० नम्बरको ट्रक र विपरित दिशाबाट जादै गरेको बा ४ ख ८४० नम्बरको ट्रिपर एक आपसमा ठोक्कीएर दुर्घटना हुँदा ट्रिपर चालक घाईते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

घाईते हुनेमा गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ८ बस्ने २९ वर्षिय रमेश खड्का रहेका छन् । घाईते खड्कालाई ट्रिपरमा चेपिएको अवस्थाबाट उद्धार गरिएको थियो । घाईते खड्काको मलेखु टिचिङ अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि काठमाण्डौं रिफर गरिएको प्रहरीले जनाएको छ ।

ट्रक चालक र ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ ।

Facebook Comments