
मंसिर २२, धादिङ ।
धादिङको प्रतिनिधि सभा क्षेत्र नम्बर १ अन्र्तरगत प्रदेश सभा १ र २ दुवै क्षेत्रमा बाम गठबन्धन विजयी भएको छ । प्रदेश सभा क्षेत्र नं। १ मा २७ हजार ३ सय ३२ मत ल्याई नेकपा एमालेका राजेन्द्र प्रसाद पाण्डे विजयी हुनु भएको हो । भने २३ हजार ३ सय ७ मत ल्याई माओवादी केन्द्रका शालिकराम जमरकट्टेल विजयी हुनुभएको हो ।
पाण्डेका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मधुकुमार श्रेष्ठले १३ हजार ७ सय ४७ मत ल्याउनुभयो । भने जमरकट्टेलका निकटतम प्रतिद्वन्द्वी प्रभावत किरण सुवेदीले १० हजार ४ सय ७ मत ल्याउनुभयो ।