
मंसिर २३ , धादिङ ।
धादिङको प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार डा. रामकुमार अधिकारी विजयी हुनुभएको छ । अधिकारीले २० हजार ३ सय ६३ मत ल्याई विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धन्द्धि नेपाली काँग्रेसका रमेश धमलाले १९ हजार १५ मत ल्याउनुभयो । डा.अधिकारीले १ हजार ३ सय ४८ मतको फरकले जित्नु भएको हो । प्रदेशमा ४१ हजार ३ सय ४३ मत खसेको थियो ।