धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ३ मा विहिबार गोरु जुधाई प्रतियोगीता तथा वृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

गंगाजमुना गाउँपालिका वडा नम्बर ३ खेलकूद समितिको आयोजनामा प्रतियोगीता सम्पन्न भएको हो । प्रतियोगीतामा २ ओटा समुहमा विभाजन गरि ११ हल गोरु जुधाईएको राजकुमार गुरुङले जानकारी दिनुभयो । तमु ल्होसारको अवसरमा भएको प्रतियोगीतामा विजय ए समुहका गोरुलाई नगद ४ हजार र पराजित गोरुलाई नगद २ हजार ५ सय नगद प्रदान गरिएको उहाँले बताउनुभयो ।

यस्तै समुह बि का वियजी गोरुलाई नगद २ हजार र पराजित गोरुलाई १ हजार प्रदान गरिएको हो । डोरी तान्ने, भाले जुधाई लगायतका खेलहरु भने समय अभावका कारण संञ्चालन नगरिएको आयोजकले जनाएको छ ।

गोरु जुधाई समितिका अध्यक्ष हरि सिंखडाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा क्याप्टेन खेमबहादुर घलेको प्रमुख आतिथ्य तथा वडा नम्बर ३ का वडा अध्यक्ष विजय कुमार गुरुङ, वडा नम्बर २ का वडा अध्यक्ष फैसिङ तामाङ र वडा नम्बर ४ का वडा अध्यक्ष हरिमान श्रेष्ठको विशेष आतिथ्य रहेको थियो । यस्तै कार्यक्रममा स्थानिय कलाकारहरुको सांस्कृतिक प्रस्तुती रहेको थियो ।

Facebook Comments