मंसिर २३,  धादिङ ।

धादिङको प्रतिनिधिसभा क्षेत्र नं १ मा नेकपा एमालेका भूमि त्रिपाठी विजयी हुनुभएको छ ।

त्रिपाठीले ४९ हजार १ सय २१ मत ल्याई विजयी हुनुभएको हो । बामगठबन्धनबाट उम्मेदवार बनेका त्रिपाठीले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका विश्व अर्याललाई २७ हजार १ सय ५३ मतान्तरले पछि पार्दै विजयी हुनु भएको हो ।

त्रिपाठीका निकटतम प्रतिद्धन्द्धि अर्यालले २१ हजार ९ सय ६८ मत ल्याउनुभयो । कुल १ लाख १८ हजार १ सय ५० मतदाता रहेको यस क्षेत्रमा मंसिर १० गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ७९ हजार ४ सय २३ मत खसेको थियो ।

Facebook Comments