मंसिर २३, धादिङ ।
धादिङको सबै क्षेत्रमा बाम गठबन्धनले जितेको छ । प्रतिनिधिसभा क्षेत्र नं. १ मा नेकपा एमालेका भुमि त्रिपाठी र प्रतिनिधिसभा क्षेत्र नं. २ मा नेकपा एमालेका खेम प्रसाद लोहनी विजयी हुनु भएको हो । विजयी  त्रिपाठीले ४९ हजार १ सय २१ मत ल्याई विजयी हुनु भएको हो ।
बामगठबन्धनबाट उम्मेदवार त्रिपाठीले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका विश्व अर्याललाई २७ हजार १ सय ५३ मतान्तरले फरक पार्दै विजयी भएका हुनु भएको हो । त्रिपाठीका निकटतम प्रतिद्धन्द्धि अर्यालले २१ हजार ९ सय ६८ मत ल्याउनुभयो ।  कूल १ लाख १८ हजार १ सय ५० मतदाता रहेको त्यस क्षेत्रमा मंसिर १० गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ७९ हजार ४ सय २३ मत खसेको थियो ।
प्रतिनिधिसभा क्षेत्र नं २ मा नेकपा एमालेका खेमप्रसाद लोहनी विजयी हुनु भएको छ । लोहनीले निकटतम प्रतिद्धन्द्धि लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका दिलमान पाख्रिनलाई ६ सय ३९ मतान्तरले फरक पार्दै विजयी हुनु भएको हो ।
बामगठबन्धनका लोहनीले ३६ हजार २ सय ५३ मत प्राप्त गर्नुभयो भने नेपाली काँग्रेसका दिलमान पाख्रिनले ३५ हजार ६ सय १४ मत ल्याउनुभयो ।  कूल  १ लाख १५ हजार ३ सय ५५ मतदाता रहेको यस क्षेत्रमा मंसिर १० गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ७६ हजार ९ सय ५० मत खसेको थियो .

चारै प्रदेशसभामा पनि बामगठबन्धनका उम्मेदवार विजयी
धादिङको चारै प्रदेशसभामा बामगठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेशसभा १ मा नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डे २७ हजार ३ सय ३२ मत ल्याई विजयी हुनु भएको छ  । बामगठबन्धनबाट उम्मेदवार बनेका पाण्डेले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका मध’क’मार श्रेष्ठलाई १३ हजार ६ सय ८५ मतान्तरले फरक पार्दै विजयी हुनु भएको हो । पाण्डेका निकटतम प्रतिद्धन्द्धि मधुकुमार श्रेष्ठले १३ हजार ६ सय ४७ मत ल्याउनुभयो । कूल ४३ हजार ५ सय ६४ मत खसेको थियो ।
प्रदेशसभा २ मा माओवादी केन्द्रका शालिकग्राम जमरकट्टेल विजयी हुनुभएको छ ।  जमरकट्टेलले २३ हजार ३ सय ८२ मत ल्याई विजयी हुनुभएको हो । जमरकट्टेलका निकटतम प्रतिद्धन्द्धि नेपाली काँग्रेसका प्रभातकिरण सुवेदीले १० हजार ४ सय ७ मत ल्याउनुभयो । कूल ३५ हजार ८ सय २९ मत यस क्षेत्रमा खसेको थियो ।
प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा १ मा नेकपा एमालेका उम्मेदवार रामकुमार अधिकारी विजयी हुनु भएको छ।  अधिकारीले २० हजार ३ सय ६३ मत ल्याई विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धन्द्धि नेपाली काँग्रेसका रमेश धमलाले १९ हजार १५ मत ल्याउनुभयो । यस प्रदेशमा ४१ हजार ३ सय ४३ मत खसेको थियो । अधिकारी १ हजार ३ सय ४८ मतान्तरले विजयी हुनुभयो ।  प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा २ मा माओवादी केन्द्रका उम्मेदवार जगत सिंम्खडाले १७ हजार ६ सय ५ मत ल्याई विजयी हुनु भएको छ । निकटतम प्रतिद्धन्द्धि राष्ट्रिय प्रजातन्त्र पार्टीका डम्बरबहादुर तामाङलाई १ हजार ८ सय ३१ मतान्तरले विजयी हुनु भएको हो । डम्बर तामाङले १५ हजार ७ सय ७४ मत ल्याउनुभयो । यस प्रदेशमा ३५ हजार ६ सय ७ मत खसेको थियो ।

Facebook Comments