२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

गाउँपालिका स्तरिय खुला भलिवल प्रतियोगीतामा धादिङको गंगाजमुना गाउँपालिका प्रथम

गाउँपालिका स्तरिय खुला भलिवल प्रतियोगीतामा धादिङको गंगाजमुना गाउँपालिका प्रथम
सेयर गर्नुहोस्
०सेयर

गाउँपालिका स्तरिय खुला भलिवल प्रतियोगीतामा धादिङको गंगाजमुना गाउँपालिकाले जित हासिल गरेको छ ।

ललितपुर जिल्लाको महाकाल गाउँपालिकाले आयोजना गरेको भलिवल प्रतियोगीतामा धादिङको गंगाजमुना गाउँपालिकाले प्रथम स्थान हासिल गरेको राजकुमार गुरुङले जानकारी दिनुभयो ।

प्रथम स्थान हासिलगर्न सफल गाउँपलिकाले नगद एक लाख पुरस्कारको साथमा सिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै प्रतियोगीतामा काभ्रेको खानी खोला गाउँपालिका दोस्रो, महाकाल गाउँपालिका ते्रसो र सान्त्वना स्थान हासिल गरेको छ ।

दोस्रो तेस्रो र सान्त्वना हुने समुहलाई क्रमश ५० हजार र २५/२५ हजार नगद , सिल्ड मेडल र प्रमाण पत्रद्वारा पुरस्कृत गरिएको थियो । महाकाल गाउँपालिकाको गोटीखोलामा सम्पन्न भएको भलिवल प्रतियोगीतामा विभिन्न जिल्लाका १० ओटा स्थानियतहका भलिवल समुहको सहभागीता रहेको थियो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।