धादिङमा शुक्रबार थप ८५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
२ सय ६ जनामा गरिएको एन्टिजेन परिक्षणमा ८५ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । संक्रमितहरुमा निलकण्ठमा ११, गजुरीमा १७, धुनिबेसिमा १४, गंगाजमुनामा ३, त्रिपुरासुन्दरीमा १५, ज्वालामुखीमा ४, बेनिघाटमा २, गल्छीमा ४, रुबिभ्यलिमा ३, नेत्रवातिमा १२ रहेका छन् ।
यो सँगै जिल्लामा कोरोना संक्रिय संक्रमितको सख्या ४ सय १५ पुगेको छ । संक्रमित सबैजना होमआईसोलेसनमा रहेका छन् ।











