नेपाली साङ्गितिक बजारमा एकपछी अर्को गरि लगातार गीतहरु आइरहेका छन । यसै गरि लन्ठु दोहोरिबाट एकाएक चर्चामा आएका चर्चित दोहोरि गाएक चिज गुरुङको ‘सान्नानीको गालैमा कोठी’ बोलको गीत सार्वजनिक भएको छ । यति बेला चिज गुरुङको गीतले चर्चा बटुल्ने क्रममा रहेको छ ।
भिडियो चिज गुरुङ को अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।
‘सान्नानीको गालैमा कोठी ‘बोलको गीतमा गीतकार एबम् बहुचर्चित लोकप्रिय गायक बसन्त थापाको संगीत तथा शब्द रचना नवराज पन्तको रहेको छ । भिडियोमा नरेश भिर सिंह र नम्रता सापकोटा संगै बसन्त थापाको दमदार अभिनय रहेको छ । सार्वजनिक भिडियोको निर्देशन दीपक सिंहले गरेका हुन्। भिडियोको सम्पादन बिकाश ज्ञवाली, छायांकन अजय रेग्मीको रहेको छ।
भिडियोमा हेर्नुहोस् :