
मंसिर २५, धादिङ । पृथ्वी राजमार्ग अन्र्तगत धादिङको गजुरी गाउँपालिका वडा नं २ बिहानपम्प नजिकै आज बिहान ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ ।
मलेखुबाट गजुरी जाँदै गरेको ना ६ ख २७५२ नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको बा ७३ प ४९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक दोलखाका ४५ वर्षीया शम्भू बस्नेतको उपचारका क्रममा गजुरी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।