२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

सिकाई सहजीकरणमा सहयोग पु¥याउने उद्देश्यले टुकी नेपालको ल्यापटप सहयोग

सिकाई सहजीकरणमा सहयोग पु¥याउने उद्देश्यले टुकी नेपालको ल्यापटप सहयोग
सेयर गर्नुहोस्
०सेयर

धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर १० ज्यामरुङमा रहेको जनभावना आधारभुत बिद्यालयलाई ल्यापटप सहयोग प्राप्त भएको छ ।

विद्यालयलाई बुधबार टुकी नेपालले ३ थान ल्यापटप सहयोग गरेको हो । विद्यालयलाई आज एक कार्यक्रमका विच विद्यालयका प्रधानध्यापक राम प्रसाद ढउन्यालाई सामुदायिक परियोजना अन्र्तरगत संञ्चालित टुकी नेपाल समाजद्वारा संञ्चालित ज्यामरुङ स्वास्थ्य परियाेजनाका प्रमुख प्रशान्त ढउन्याले ल्यापटप हस्तान्तरण गर्नुभएको हो ।

यस अघि पनि टुकी नेपालले विद्यालयलाई २ थान डेस्कटप र ५ थान ल्यापटप सहयोग गरिसकेको छ । विद्यार्थीलाई आधुनिक प्रविधिबाट सिकाई सहजिकरण गर्न सहज होस् भन्ने उद्देश्यले विद्यालयलाई ल्यापटप सहयोग हस्तान्तरण गरिएको टुकी नेपालले जनाएको छ । टुकी नेपालले जिल्लाको शैक्षिक क्षेत्र सँगै विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।