धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ आगिन्चोक स्वास्थ्य चौकिमा बुधबार सासु बुहारी संवाद कार्यक्रम गरीएको छ ।
मातृ शिशु मुत्युदर र नव शिशु मुत्युदर कम गर्ने र सामाजिक तथा पारिवारीक सद्भाव बढाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको त्रिपुरासुन्दरी गाउँपालिकाका स्वास्थ्य संयोजक यम बहादुर श्रेष्ठले बताउनुभयो । गाउपालिकाले गत ४ बर्ष अघिदेखि सासु बुहारी संंवाद कार्यक्रम गर्दै आएको छ ।
यस बवर्ष पनि पालिकाको प्रत्येक वडामा कार्यक्रम गर्ने स्वास्थ्य संयोजक यम बहादुर श्रेष्ठले बताउनुभयो । नेपालमा गर्भ अवस्था र सुत्केरी भईसकेपछि ६ हप्ताभित्रमा मातृ तथा नव शिशु मुत्युदर बढि हुने गरेको छ । मातृ तथा नव शिशु मुत्युदर कम गर्न गाउपालिकाले हरेक आर्थिक बर्षमा कार्यक्रम गर्ने गरेको उहाँले बताउनुभयो ।
कार्यक्रममा गर्भ अवस्थामा ध्यान दिनु पर्ने कुरा, स्वास्थ्य परिक्षण, खानपान, आरामका विषयमा छलफल गरिएको थियो । गर्भवती महिलालाई नजिकबाट स्याहार सुसार गर्ने व्यक्तिलाइसगैँ राखेर अर्भ अवस्था, अघिपछि भन्दा के के कुरामा बढि ख्याल गर्नुपर्छ, गर्भ अवस्थामा देखिने समस्या र समाधानको बारेमा जनकारी गराइने पनि बताउनु भयो ।
त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष लेख बहादुर अधिकारीको अध्यक्षमा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्नुहुदै वडा अध्यक्ष अधिकारीले यदि स्थानिय स्वास्थ्य संस्थामा कुनै पनि सुत्केरी महिला सुत्केरी हुन नसक्ने अवस्था भएमा र अन्यत्र लैजान परेमा लाग्ने खर्च आफैले व्यहोर्ने बताउनुभयो ।
कार्यक्रममा वडा नम्बर ६ का गर्भवती महिला, गर्भवती महिलाका सासु र श्रिमान, स्वास्थ्यकर्मी र जनप्रतिनिधिको सहभागिता रहेको थियो ।











