
मंसिर २५, धादिङ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहल प्रचण्ड चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वा्चित हुनु भएको छ ।
उहाँले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विक्रम पाण्डेलाई ९३२७ मतान्तरले पराजित गर्नु भएको छ । वाम गठबन्धनका उम्मेदवार प्रचण्डले ४८ हजार २६९ मत ल्याउनु भएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिकका पाण्डेले ३८ हजार ९४२ मत ल्याउनु भएको छ ।