२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङमा सुरुभयो ‘बस्ती बस्तीमा संयुक्त सुरक्षा गस्ती’ कार्यक्रम

धादिङमा सुरुभयो ‘बस्ती बस्तीमा संयुक्त सुरक्षा गस्ती’ कार्यक्रम
सेयर गर्नुहोस्
०सेयर

धादिङमा सुरक्षा निकायले शनिबारदेखी ‘बस्ती बस्तीमा संयुक्त सुरक्षा गस्ती’ कार्यक्रम संञ्चालन गरेको छ । आसन्न निर्वाचनलाई लक्षित गरि कार्यक्रम संञ्चालन गरेको हो । जिल्ला प्रशासन कार्यालय धादिङ, जनपथ प्रहरी र सशस्त्र प्रहरी र स्थानीय पालिकाहरुको समन्वयमा शनिबारबाट पहिलो चरणको गस्ती कार्यक्रम सुरु भएको हो ।

पहिलो चरण अन्र्तरगत खनियावास गाउँपालिकाबाट सुरुवात गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक रञ्जन अवाले जानकारी दिनुभयो । प्रहरीसगँ जनताको अन्तर सम्बन्धलाई सुदृढ बनाउने, विकास आयोजनालाई मद्दत पु¥याउने र शुसासनलाई प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम संञ्चालनमा ल्याईएको प्रहरी निरिक्षक अवाले बताउनुभयो ।

पालिकामा भईरहेको विकासे आयोजनाहरुलाई सुरक्षाको जोखीम नहोस् भन्ने उद्देश्यले संयुक्त गस्ती कार्यक्रम संञ्चालन गर्न पैदल गस्ती सुरुवात गरिएको उहाँले बताउनुभयो ।

पैदल गस्तीमा संघिय सरकार, प्रदेश र स्थानीय पालिकाबाट निमार्ण भएका आयोजनाहरुको अनुगमनसगैँ स्थानियहरुसगँ अन्तर्रक्रिया समेत गरीने छ । खनियाबास गाउँपालिकामा ३ दिन र अन्य पालिकाहरुमा आवश्यकता अनुसार समय निर्धारण गरि गस्ती गरिने प्रहरी निरिक्षक अवाले बताउनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।