विश्व स्वास्थ्य दिवसको अवसरमा धादिङवेशींमा रहेको ज्योति महिला विकास वचत तथा ऋण सहकारी सस्ंथा लिमिटेडले रक्तदान कार्यक्रम गरेको छ ।
विपत ब्यवस्थापनको हलमा भएको खुल्ला रक्तदान कार्यक्रममा २१ जना पुरुष र २१ जना पुरुष गरि २९ जनाले रक्तदान गरेको सहकारीले जनाएको छ ।
धादिङ बचत संघका अध्यक्ष्य नवराज शर्मा, नेपाल रेडक्रस सोसाइटीका सभापति नारायण तिमल्सिना र संस्थाका अध्यक्ष तारा माया लामाले दिप प्रज्वलन गरी कार्यक्रमको सयूक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।











