मंसिर २९, धादिङ ।

सिद्धलेक गाउँपालिका वडा नं ७ को वडा कार्यलय भवन आज उट्घाटन गरिएको छ । भवनको आज एक कार्यक्रमका विच प्रतिनिधी सभा क्षेत्र नं १ का नवनिर्वाचित प्रतिनिधी भुमि त्रिपाठीले उद्घाटन गर्नुभएको थियो ।

वडा नं ७ का वडा अध्यक्ष लक्ष्मण खतिवडाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रतिनिधी सभा क्षेत्र नं १ का नवनिर्वाचित प्रतिनिधी भुमि त्रिपाठीको प्रमुख आतिथ्य रहेको थियो भने प्रतिनिधी सभा क्षेत्र नं १ कै प्रदेश सभा क्षेत्र २ का सालिकराम जमरकट्ेलको विशेष आतिथ्य रहको थियो ।

वडा कार्यलय भवन निमार्ण गर्न २८ लाख ७५ हजार लागत लागेको अनुमान गरिएको छ । कार्यक्रम कै अवसरमा आज प्रतिनिधी तथा प्रदेशसभाका नवनिर्वाचित प्रतिनिधीहरुलाई स्वागत समेत गरिएको थियो ।

Facebook Comments