स्थानीय तह निर्वाचनमा आफुले गरेको खर्चको विवरण बुझाउन उम्मेदवारहरुलाई आग्रह गरेको छ ।
निर्वाचन कार्यालय धादिङले एक सुचना जारी गर्दै गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा सहभागि जिल्लाको राजनीतिक दलका उम्मेदवारलाई निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र खर्चको विवरण बुझाउन आग्रह गरेको हो ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४(४) तथा स्थानीय तह निर्वाचन नियमावली, २०७३ को नियम ४० बमोजिम स्थानीय सदस्य निर्वाचनमा सहभागि प्रत्येक उम्मेदवार वा निजको प्रतिनिधिले निर्वाचनको अवधिमा भएको सम्पूर्ण खर्चको विवरण नियमावलीको अनुसुचि ३० बमोजिम ढाँचामा निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र सम्वन्धित जिल्ला निर्वाचन कार्यालयमा बुझाउनु पर्ने कानूनी व्यवस्था रहेको निर्वाचन कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
