धादिङको ज्वालामुखी गाउँकार्यपालिकाको बैठक आज बसेको छ । विहिबार बसेको गाउँकार्यपालिकाको बैठकले ३ ओटा महत्वपूर्ण निर्णयहरु गरेको छ ।
बैठकले गाउँपालिका क्षेत्रभित्र बसोबास भई गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाइ आगामी आर्थिक वर्ष २०७९/८० देखि संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान पोषण भत्तामा थप एक हजार गाउँपालिकाको बजेटबाट उपलब्ध गराउने निर्णय गरेको छ ।
यस्तै गाउँपालिका क्षेत्रभित्रका बसोबास गर्ने गर्भवती महिलाहरुको लागि गाउँपालिका क्षेत्रभित्रका स्वास्थ्य संस्था सम्म पु¥याउन तथा उक्त संस्थामा उपचार तथा सेवा उपलब्ध नभएमा तहाँबाट सिफारिस गरेको स्वास्थ्य संस्था सम्म पु¥याउन आगामी आर्थिक वर्ष २०७९÷८० देखि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने र गाउँपालिका क्षेत्रभित्र संचालनमा रहेका लिफ्टिङ र डिपबोरिङ खानेपानी आयोजना संचालन गर्दा लाग्ने विद्युत महसुल आगामी आर्थिक वर्ष २०७९/८० देखि गाउँपालिकाबाट भुक्तानी गर्ने निर्णय गरेको छ ।