आर्थिक वर्ष २०७९/०८० का लागि संघले धादिङ जिल्लाका स्थानीय तहलाई ४ अर्ब  ८२ करोड  ८८ लाख बजेट पठाएको छ ।

दुई नगरपालिका र ११ गाउँपालिकाका लागि संघले पठाएको बजेटमध्य वित्तीय सशर्त अनुदानतर्फ २ अर्ब ६२ करोड २६ लाख, समानिकरण अनुदानतर्फ १ अर्ब ९४ करोड ८८ लाख, विशेष अनुदान अन्तर्गत ११ करोड ९४ लाख र समपुरक अनुदान अन्तर्गत १३ करोड ८० गरी कुल  ४ अर्ब ८२ करोड ८८ लाख बजेट धादिङका स्थानीय तहलाई पठाइएको हो।

कुल बजेटमध्य चालुतर्फ ४ अर्ब ४५ करोड ३४ लाख र पुँजीगत तर्फ ३७ करोड  ५४ लाख छुट्याइएको छ।

जिल्लाका २ नगरपालिकाका लागि मात्रै १ अर्ब १० करोड ६० लाख पाएका छन् । त्यसमध्य नीलकण्ठ नगरपालिकाले ७० करोड ७८ लाख बजेट पाएको छ भने धुनीवेशी नगरपालिकाले ३९ करोड ८२ लाख पाएको छ।

गाउँपालिकामध्य सबैभन्दा बढी बजेट बेनीघाट रोराङ गाउँपालिकाले पाएको छ । माओवादी केन्द्रले जितेको यस गाउँपालिकाका लागि संघीय सरकारले ४५ करोड ९९ लाख बजेट पठाएको छ।

त्यस्तै सबैभन्दा कम रुवीभ्याली गाउँपालिकाले पाएको छ । यस गाउँपालिकाका लागी संघले १८ करोेड ४८ लाख बजेट विनियोजन गरेको छ । त्यस्तै खनियावास गाउँपालिकाले २२ करोड ४९ लाख पाएको छ ।

कुन स्थानीय तहलाई कति ? 

१. नीलकण्ठ नगरपालिका : ७० करोड ७८ लाख

२. धुनीवेशी नगरपालिका : ३९ करोड ८२ लाख

३. खनियावास गाउँपालिका : २२ करोड ४९ लाख

४. गंगाजमुना गाउँपालिका : ३६ करोड ९७ लाख

५. गजुरी गाउँपालिका : ३४ करोड ८ लाख

६. गल्छी गाउँपालिका : ३६ करोड ३६ लाख

७. ज्वालामूखी गाउँपालिका : ३६ करोड १५ लाख

८. त्रिपुरासुन्दरी गाउँपालिका : ३९ करोड ४२ लाख

९ थाक्रे गाउँपालिका : ४१ करोड ९६ लाख

१०. नेत्रावती डबजोङ गाउँपालिका : २४ करोेड ८१ लाख

११. बेनीघाट रोराङ गाउँपालिका : ४५ करोड ९९ लाख

१२. रुवीभ्याली गाउँपालिका : १८ करोड ४८ लाख

१३. सिद्धलेक गाउँपालिका :३५ करोड ५७ लाख

Facebook Comments