
धादिङको गंगाजमुना गाउपालिका वडा नम्बर २ की एक जना गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।
री स्वास्थ्य चौकिमा सुरक्षित प्रशुति सेवाको लागि जानुभएकी कान्छि माया तामाङ प्रशव व्यथामा जटिलता उत्पन्न भएपछि हेलिकप्टर मार्फत उद्धार गरि थप उपचारको लागि काठमाण्डौं पठाईएको गंगाजमुना गाउँपालिकाका स्वास्थ्य संयोजक दिपक अधिकारीले जानकारी दिनुभयो ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तरगत कान्छी माया तामाङको निशुल्क उद्धार गरिएको स्वास्थ्य संयोजक अधिकारीले बताउनुभयो । दूर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूलाई हवाई उद्धार सेवा सञ्चालन गरी मातृ मृत्युदरमा उल्लेख्य रूपमा कमी ल्याउने उद्देश्यले संञ्चालन भएको राष्ट्रपति उत्थान कार्यक्रम निक्कै प्रभावकारी बनेको छ ।
त्यस्तो अवस्थामा महिलालाई आपत्कालीन उपचार आवश्यक पर्ने भएकाले हेलिकप्टरद्वारा उद्धार गरिने व्यवस्था नेपाल सरकारले नीति तथा कार्यक्रम र कानूनद्वारा नै सुनिश्चित गरेको हो । धादिङको रुविभ्याली, खनियावास र गंगाजमुना गाउँपालिकामा राष्ट्रपति महिला उत्थान कार्यक्रम लागू भएको छ ।