२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

राष्ट्रिय वृक्षारोपण दिवस : पशुपति सामुदायिक वनमा वृक्षारोपण (फोटोफिचर)

राष्ट्रिय वृक्षारोपण दिवस : पशुपति सामुदायिक वनमा वृक्षारोपण (फोटोफिचर)
सेयर गर्नुहोस्
०सेयर

१४ असार,२०७९
धादिङ– मंगलबार राष्ट्रिय वृक्षारोपण दिवस २०७९ को अवसरमा नीलकण्ठ नगरपालिका वडा नम्बर १२ स्थित पशुपति सामुदायिक वन क्षेत्रमा वृक्षारोपण कार्य गरिएको छ । डिभिजन वन कार्यालय धादिङको आयोजनामा भएको कार्यक्रममा नीलकण्ठ नगरपालिका वडा नम्बर १२, पशुपति सामुदायिक वन उपभोक्ता समूह, पशुपति मन्दिर व्यवस्थापन समिति, पशुपति टोल विकास संस्थाको समन्वय र सहकार्य रहेको थियो ।

“वृक्षारोपण गरी हरियाली कायम गरौं” भन्ने मूल नारा सहित आयोजना गरिएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल, डिभिजन वन कार्यालय धादिङका प्रमुख तथा प्रतिनिधि,जनप्रतिनिधि, विभिन्न सरोकारवाला निकाय, सामाजिक संघ/संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, सुरक्षाकर्मी र पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरुले सामुदायिक वन क्षेत्रमा विभिन्न प्रजातिका वोट विरुवाहरु रोपेका थिए । हरेक वर्ष असार १४ गतेका दिन राष्ट्रिय वृक्षारोपण दिवस मनाउँदै आएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।