धादिङको खनियावास र त्रिपुरासुन्दरी गाउँपालिकामा सचेतनामुलक सडक नाटक मञ्चन गरिएको छ ।

स्वास्थ्य कार्यलय धादिङको आयोजना, सम्बन्धीत गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वयमा नाटक थिएटरका कलाकारहरुले नाटक मञ्चन गरेका हुन् । महिला तथा बाल स्वास्थ्य प्रवद्र्धन आयोजना र व्यवहार परिवर्त संञ्चार सम्बन्धी सडक नाटक मञ्चन गरिएको हो । नाटकमा उपयुक्त उमेरमा विवाह, गर्भवती हुँदा ध्यान दिनुपर्ने कुराहरु र स्वास्थ्य जाँच, सुत्केरीलाई आवश्यक पर्ने पोषण, स्वास्थ्य संस्थामै सुत्केरी गराउनुपर्छ भन्ने लगायत सन्देश समावेश थियो ।

सडक नाटकले जल्दो बल्दो विषयवस्तुलाई उठान गरि सरल र सहज रुपमा नाटकिय माध्यमबाट सन्देश प्रवाह गरेको नाटक हेरिसकेपश्चात अचने माध्यमिक विद्यालयका प्रधानध्यापक धयाराम सिटोलाले बताउनुभयो । नाटकले विद्यार्थीको सिकाईमा थप टेवा पुगेको भन्दै प्रधानध्यापक सिटौलाले आयोजक संस्थालाई धन्यवाद समेत दिनुभयो । यस्तै त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नम्बर २ बैंगैचाकी सम्झना कुमालले नाटक एकदमै सन्देश मुलक भएको प्रतिक्रिया दिनुभयो ।

नाटकको विषयवस्तुमा अहिले समाजिक सञ्जालबाट चिनजान भई सानै उमेरमा विवाह गर्ने कुरालाई पनि समेट्न सकेको भए सुनमा सुगन्ध हुने कुमालको सुझाव थियोे । यस्तै खनियावास गाउँपालिका वडा नम्बर ३ विर्चेतका मंगसिंह तामाङले भने हिउँदको समयमा गर्नुपर्ने बतउनुभयो । बर्खायाममा सबै आफ्नो खेतीपातीमा व्यस्त हुने भएकाले यस्तो सन्देश मुलक नाटक हेर्नबाट छुटिरहेको बताउनुभयो ।

फोटोमा हेर्नुहोस् :-

 

 

Facebook Comments