
पुस ७, धादिङ ।
जिल्ला अस्पताल धादिङका विरामीहरुलाई आज फलफुल, हर्लिस तथा पछ्यौरा वितरण गरिएको छ ।
क्रिस्चियन धर्मालाम्वीहरुको मुख्य चाड ख्रिष्टमसको अवसरमा अस्पतालका विरामीहरुलाई निलकण्ठ नगरपालिका ४ स्थित विलीभर्स इस्टर्न चर्चले फलफुल तथा कपडा वितरण गरेको हो ।
अस्पतालमा भर्ना भएका १६ जना विरामीलाई पास्टर सन्त बहादुर गुरुङद्धारा सामग्री वितरण गरिएको हो ।