पौष ७, धादिङ ।
भनिन्छ चित्र अथवा फोटो आँफै बोल्छ । फोटो यस्तो चिज हो जस्ले जुनसुकै कुराहरु पनि अभिव्यक्त गर्छ । यस्तै बोलौं बोलौं लाग्ने फोटोहरु तयार गर्छन् धादिङका एक युवा कलाकार रोहन गुरुङ । चित्रकला अध्ययन गर्दै आउनु भएका गुरुङ यहि चित्र बनाएर आफ्नो पढाई खर्च चलाउँदै आउनु भएको छ । रोहनले आफुले बनाएको फोटो स्वदेश सँगै विदेशमा पनि विक्रि गर्ने गरेको बताउछन् ।
सानैदेखि पढाई र चित्रकला दुबैमा निकै अब्बल रोहन धादिङवेशीं स्थित निलकण्ठ उच्च माविबाट विं.सं २०७१ सालमा एसएलसी दिनुभयो । प्रथम श्रेणीमा पास हुनु भएका रोहनले ललितकला विषय लिएर विजेश्वरी उच्च मावि काठमाण्डौंबाट स्नातक तहको पढाई पुरा गर्नुभयो । स्नातक तहमा पनि ८० दशमलव ५० प्रतिशत ल्याएर कलेजका शिक्षक तथा विद्यार्थी साथीहरुको नजरमा परिनै रहे ।

“शिक्षक तथा साथीहरुले दिने हौसला र प्रेरणाले गर्दा नै सफलता हात पारिरहेको छु,” रोहनले धादिङ अपडेट सँग अनुभव साट्नुभयो । किताब र पत्रिका तिर देखिएका फोटोहरु हुबहु बनाउन मरिमेट्ने रोहन हप्तौसम्म पनि दुरुस्तै बनाउन लागिपर्थे  । त्यही मेहनत र लगावले गर्दा यहाँ सम्म आउन सफल भएको रोहनको बुझाई छ । रोहन विद्यालयहरुमा हुने चित्रकला प्रतियोगीतामा नविराई सहभागीता जनाउनुहुन्थ्यो । सहभागी भएका हरेक प्रतियोगीतामा कहिल्यै दोश्रो हुन परेन, सँधै प्रथम मात्र हुन्थे रोहन ।

विद्यालय तह देखि जिल्ला स्तरीय चित्रकला प्रतियोगीतामा सँधै प्रथम हुन्थे । काठमाण्डौंमा बस्दै आउनुभएका रोहनको जन्मथलो भने धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ९ काफलपानी हो । परिवारमा कान्छो छोराकोे रुपमा रहनु भएको रोहनलाई परिवारको साथ सहयोग सँधै नै रहिरह्यो ।
द्यबअजभयिच ष्ल ँष्लभ ब्चत पढ्दै गर्नु भएका उहाँ प्राईम ग्लोबल स्कूल काठमाण्डौंमा चित्रकला विषय अध्यापन पनि गराउँदै आउनु भएको छ । भविश्यमा पनि आँफु यहि चित्रकला पेशामै लाग्ने रोहनको भनाई छ । चित्रकलाकै माध्यमबाट नेपाललाई विश्वभर चिनाउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

बोलौ बोलौं जस्तो गर्ने रोहन गुरुङले बनाउनु भएको केही चित्र हेर्नुहोस् :

थप फोटोहरुका लागि रोहन गुरुङको अफिसियल फेसबुक पेज:-
https://www.facebook.com/RohanGurungx

Facebook Comments