
धादिङको बेनिघाटको विशालटारमा उत्पादन समूहका कृषक पदाधिकारी तथा प्रतिनिधिहरुका लागि व्यवसायिक योजना तयारी तथा उद्यमशिल विषय तीन दिने तालिम आज देखि सुरु भएको छ ।
बेनिघाट रोराङ गाउँपालिकाको वडा नं १ देखि वडा नं १० सम्मको आयोजना मार्फत गठन भएका २० वटा कृषि समुहका र ५ वटा पशुपालन समुहका एक/एक जना सदस्यहरु गरि २५ जना र गण्डकी गाउँपालिकामा आयोजना मार्फत गठन भएको ५ ओटा कृषि र पशुपालन समुहका ५ जना गरि ३० जनालाई तालिम दिईएको हो ।

आयोजना क्लष्टर इकाइ गोरखाका प्रमुख वरिष्ठ कृषि अधिकृत केशव देवकोटा, कृषि अधिकृत अनुप नैनावस्ती रआयोजना क्लष्टर इकाइका लेखापाल गणेश रानाले तालिमको सहजीकरण गर्नुभएको आयोजनाका सहजकर्ता पुर्ण चेपाङले जानकारी दिनुभयो ।
नेपाल सरकार कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय द्धारा संचालित खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना कलष्टर ईकाई गोर्खाको आयोजनामा आज देखि भदौ २ गतेसम्म तालिम संचालन हुनेछ ।