२०८३ कार्तिक १५, शनिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

भारतिय नम्बरको ट्रेलरको ठक्करबाट दुइ जनाको मृत्यु

भारतिय नम्बरको ट्रेलरको ठक्करबाट दुइ जनाको मृत्यु

धादिङ,३१ साउन ।
धादिङको गल्छि गाउँपालिका ६ चिरौदी पुल स्थित पृथ्वी राजमार्गमा दुर्घटना हुदा दुइ जनाको ज्यान गएको छ ।

गत राति चितवनबाट काठमाडौं जाँदै गरेको भारतीय नम्बरको मार्वल बोकेको ट्रेलरले बागमती प्रदेश–०१–०२५च ७८७२ नम्बरको जिपलाई ठक्कर दिँदा दुइ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक रमेश थापाले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा जीपमा सवार ज्वालामुखी गाउँपालिका– १ धादिङका ३० वर्र्षीय ज्ञानबहादुर नेपाली र सोहि स्थानका २५ वर्षीय राजेन्द्र तामाङ रहेका छन् ।

दुर्घटनामा परी घाइते बनेका ट्रेलरका चालक र सहचालकको उपचारपछि उनीहरु प्रहरीको नियन्त्रणमा रहेको निरिक्षक थापाले बताउनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
अर्जुन श्रेष्ठ लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।