२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

यमपञ्चकको दोस्रो दिन आज काग तिहार

यमपञ्चकको दोस्रो दिन आज काग तिहार
सेयर गर्नुहोस्
०सेयर

यमपञ्चकको पहिलो दिन मनाइने काग तिहार यसपाली भने यमपञ्चक सुरू भएको दोस्रो दिन अर्थात् आज मनाइँदै छ । कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार विधिवत् रूपमा हिजो शनिबारबाट नै सुरु भएको हो ।

यस वर्ष यमदीपदान शनिबारदेखि सुरु भए पनि काग तिहार आइतबार परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । पञ्चांग समितिका अनुसार धनवन्तरि जयन्ती एवम् धनतेरस पनि आजै परेको छ।

कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा लिइन्छ । र मिष्ठान्न खुवाएर कागको पूजा गरिन्छ । काग यमराजको अत्यन्त प्रीय भक्त पनि मानिन्छ । त्यसैगरी हाम्रो समाजमा प्रचलित काकगवेषण, काकन्याय, काकबलि आदि विविध शब्द कागसँगै सम्बन्धित छन् । काग अत्यन्त चलाख र सर्वभक्षी प्राणी मानिन्छ ।

यसैगरी पञ्चाङ्ग बमोजिम प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीका अथवा काग तिहारका दिन दिन धनवन्तरी त्रयोदशी अर्थात धनतेरस मनाउने चलन छ । धन त्रयोदशी र धनतेरस पनि यसै दिनलाई भन्ने गरिन्छ । यो दिन मूलतः आयुर्वेदका प्रवर्तक धन्वन्तरि र धनका देवता कुबेरको जन्मोत्सव मनाउने पर्व हो ।

धनतेरसका दिन नेपालको तराइ क्षेत्र र समस्त भारतमा नयाँनयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा छ । त्यस क्षेत्रमा समाजका उच्च, मध्यम वा निम्न सबै वर्गका व्यक्तिहरूमा आफ्ना आवश्यकता र विलासिताका कतिपय महत्त्वपूर्ण चिजबिजको किनमेलका लागि वर्षभरि यही विशिष्ट दिनको प्रतीक्षा गर्ने गर्दछन् ।

भोलि शनिबार बिहान कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको समितिको भनाइ छ । यसैगरी गाई, गोरु र नेवार समुदायको म्हपूजा मंगलबार गर्नुपर्ने भनिएको छ । सोमबार भने सूर्यग्रहण गरेको छ । यस वर्ष भाइटीका भने कात्तिक १० गते परेको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।