
धादिङको विशालटारमा जारी अन्तरपालिका स्तरिय धादिङ क्रिकेट लिगको फाईनल भोली हुँदैछ । फाईनलको लागि धुनिवेशी नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिका विच हुनेछ ।
धुनीबेसी नगरपालिकाले नीलकण्ठलाई १३ रनले हराउदै फाइनलमा प्रवेश गरेको हो । टस जितेर धुनीबेसी नगरपालिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४० रन बनाएको थियो ।
यस्तै दोस्रो खेलमा त्रिपुरासुन्दरीले बेनिघाट रोराङलाई ५ रनले हराउँदै फाइनल प्रवेश गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको त्रिपुरासुन्दरीले बेनिघाट रोराङलाई १०५ रनको चुनौती दिएको थियो ।
यो पनि पढ्नुहोस् :