धादिङबेशी बजार क्षेत्रमा तिहारको टिका र माला बेच्नेहरुको चहलपहल बढेको छ । स्थानीय व्यापारी र भारत बाट समेत सप्तरंगी टिका बेच्न व्यापारीहरु धादिङबेशी आईपुगेका छन् । भारतीय खु्रदा व्यापारिहरु तिहारमा भाईटिकाको दिन लगाईने सप्तरंगी टिका बेच्नकै लागि धादिङबेशी आएका हुन् । उनीहरुले प्याकेट र खुल्ला टिकाहरु स्थानीय पसलेका आगन र सडक पेटिमै बसेर बेचिरहेका छन् ।

त्यसै मध्येका एक हुन । प्रेम चन्द्र दास । उहाँले धादिङबेशीको सडक पेटीमा सप्तरंगी टिका बेच्न राख्नुभएको छ । ग्राहक आउदा उहाँ व्यस्त हुन्छन् भने नहुदा दुई औंलाको कापमा सुर्ती राखेर माड्दै बस्ने गर्नुहुन्छ । हरेक वर्ष सप्तरंगी टिका बेच्न धादिङबेशी आउने गरेको उहाँ बताउनुहुन्छ । अघिल्लो वर्षको तुलनामा नै व्यापार होला र घरखर्च चलाउला भन्ने उहाँको आशा छ । लक्ष्मी पुजाको दिन सम्म व्यापार गरेर आफ्नै देश फर्किने दासले बताउनुभयो ।

अर्का सन्तोष कुमार दासले भने सप्तरंगी टिका सँगै पुजाको सामाग्री समेत विक्रिका लागि राख्नुभएको छ । दुबै थरिका सामान उहाँकोमा पाईने भएकोले पनि उहाँको पसलमा ग्राहकको भिड लाग्ने गर्छ । उहाँले अहिले सम्म हजार ,पन्ध्र सयसम्मको व्यापार गर्दै आउनुभएको छ ।
तर तीनै मध्येका राजु प्रसादलाई भने यो पालि आम्दानी कम हुने चिन्ता छ । उहाँ पनि भारत बाट नै आएका आउनुभएको हो । धादिङबेशी उहाँको लागि नौलो होईन । भारत बाट सप्तरंगी टिका बेच्न धादिङ आउने गरेको ८/९ वर्ष भएको उहाँ बताउनुहुन्छ । यो वर्ष भने सप्तरंगी टिका बेच्ने व्यापारीहरुको संख्या बढेकोको कारणले व्यापार कम भएको उहाँको भनाई छ । उहाँ पनि लक्ष्मी पुजाको दिनसम्म व्यापार गरेर घर फर्कने सोचमा छन् ।

धादिङबेशीको साँगुरो सडक पेटीको ठाउँमा ठाउँमा सप्तरंगी टिका बेच्न बसेका धेरै छन् । कसैकोमा ग्राहक धेरै जान्छन् त कसैकोमा खाली हुन्छ । सप्तरंगी टिका बेच्न भारतका मात्रै होईन तरकाईका व्यापारीहरु पनि सप्तरंगी टिका बेच्न धादिङवेशीं बजार आईपुग्छन् ।  तीनै व्यापारी मध्येका अर्को हुनुहुन्छ रविन्द कुमार दास । उहाँ सर्लाही देखि टिका बेच्नकै लागि धादिङबेशी आउनुभएको छ । एक चम्चाको १० रुपिँयाको दरले सप्तरंगी टिका बिक्रि गर्दा राम्रै आम्दानी हुने गरेको उहाँले बताउनुभयो ।

पहाडी जिल्लाहरुमा सप्तरंगी टिका नपाईने भएकाले पनि तिहारको बेला भारतीय व्यापारीहरु नै आईपुग्ने गरेका छन् । विशेष गरि सप्तरंगी टिका भाईटिका लगाउन र रंगोली बनाउन प्रयोग हुने हुनाले पनि यसको व्यापार फष्टाउदै गएको छ ।

Facebook Comments