कातिक ३० धादिङ – नेपाल नेत्रहीन संघ पुनस्र्थापन कार्यक्रमको आयोजनामा सदरमुकाम धादिङबेसीमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सार्वजनिक तथा निजि क्षेत्रका सरोकारवालाहरुसँग दृष्टि विहिनहरुको हक, हित र अधिकार सम्बन्धी अन्तरक्रिया गरिएको हो ।

कार्यक्रममा सहभागी सरोकारवाला र विभिन्न किसिमका अपाङगता भएका व्यक्तिहरुले आफ्नो सवालमा नितिगत र व्यवहारिक सवालका विषयमा छलफल गरिएको थियो । सहभागी सेवा प्रादायक संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले नेपाल सरकारको नितिगत व्यवस्था र संस्थाको आफ्नै नितिको अधिनमा रहेर सेवा प्रवाह गरिरहेको बताएका छन् । साथै आगामी दिनमा अझै प्रभावकारी सेवा प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नर्वेजियन नेत्रहीन तथा अल्पदृष्टियुक्त संघको सहकार्यक्रमा सन् २०२० देखि नेत्रहीन पुनस्र्थापना कार्यक्रम धादिङ, गोरखा र तनहँु जिल्लामा संचालन भईरहेको छ । यो कार्यक्रम सन २०२४ सम्म संचालन हुनेछ । यस कार्यक्रमले नेत्रहीन तथा सबै किसिमका अपाङ्गता भएका व्यक्तिहरुको नितिगत, शैक्षिक, आर्थिक र सामाजिक विषयमा सरोकारवाला निकायहरुसंग पैरवी गर्ने गरेको छ ।

नेपाल नेत्रहिन संघ धादिङका अध्यक्ष ज्ञानेन्द्र लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा नेत्रहिन पुनस्र्थापना कार्यक्रमका कार्यक्रम निर्देशक अमृत राई र वरिष्ठ फिल्ड सुपरभाईजर प्रेम महर्जनले कार्यक्रमको विषमा सहजिकरण गरेको थियो । कार्यक्रमा सबै किसिमका अपाङगता भएका व्यक्ति, सेवा प्रादायक संघ–संस्थाहरुमा बैंक तथा वित्तिय संस्था, जनस्वास्थ्य, शिक्षा, संचार, सहकारी, गैह्रसहकारी संघ÷संस्था र यातायात व्यवसायीहरुको सहभागीता रहेको थियो ।

Facebook Comments