धादिङ जिल्लामा समानुपातिक मत परिणाममा एमाले पहिलो पार्टी बनेको छ । मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा एमालेलाई जिल्लाको दुई क्षेत्रमा गरी कुल ४१, हजार ८८ मत प्राप्त भएको हो । यस्तै दोस्रोमा नेपाली काग्रेस रहेको छ ।

कांग्रेसले धादिङको दुवै क्षेत्रमा गरि कूल ३७ हजार ५२४ मत प्राप्त गरेको छ । भने २७ हजार २ सय ८८ मत प्राप्त गरि माओवादी तेस्रो भएको छ । चौथोमो राष्ट्रिय स्वतन्त्र पार्टी पार्टी बनेको छ । रवि लामिछाने नेतृत्वको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले १५ हजार ७ सय ५५ मत ल्याएको हो ।

त्यस्ते राप्रपाले कुल १० हजार ०५३ मत ल्याएको छ भने देशैभर समानुपातिक मतपरिणाममा कमजोर बनेको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीको चुनाव चिन्ह कलमलाई धादिङमा पनि कम मत प्राप्त भएको छ । एकीकृत समाजवादीको कलम चिन्हले धादिङको दुवै क्षेत्रमा गरि ८ हजार ४ सय २९ मत प्राप्त गरेको छ ।

Facebook Comments