गत असोज २९ गते धादिङवेशींमा युकेको लाहुरे हुँ भन्दै ठगी गर्ने नक्कली लाहुरेले अर्काे ठाउँमा पनि ठगी गरेको भेटिएको छ । यि पेशेबर ठगले कागजको पोको बनाउँदै युकेको स्विटर, युकेको डलर, सुन ईत्यादी बहुमुल्य सामान युकेबाट पठाएको भन्दै राख्न दिने र एकछिनमा फिर्ता गर्छु भन्दै पैसा सापटी लिने अनि बेपत्ता हुने गरेका छन् ।

विभिन्न स्थानमा घर भएको बताउने यि ठगले मोरङको उल्र्लाबारी ७ कोे एक होटल सञ्चालकलाई पनि ठगि गरेको भन्दै धादिङ अपडेट डटकमलाई जानकारी गराउनुभएको हो । उर्लाबारीमा होटल सञ्चालन गर्दै आउनुभएकी अन्जु श्रेष्ठबाट ३ हजार ५ सय रुपैयाँ ठगि गरेर भागेको अन्जु श्रेष्ठले धादिङ अपडेट डटकमलाई जानकारी गराउनुभएको हो ।



ठगि गरेर भागेका यि व्यक्तीलाई स्थानियहरुको सहयोगमा पक्राउ गरि प्रहरीलाई बुझाए पनि प्रहरीले केही समय पछि छाडेको श्रेष्ठले बताउनुभयो । प्रहरीेबाट छुटेर फेरी धादिङमा पनि ठगि गरेको समाचार र भिडियो धादिङ अपडेटको आधिकारी फेसबुक पेजमा देखेपछि अन्य ठाउँमा यस्तो किसिमको घटना नदोहोरियोस् भन्ने उद्देश्यले जानकारी गराएको उहाँले बताउनुभएको छ ।

२०७९ श्रावण २७ गते जनैपूर्णिमा दिन स्थानियहरुको सहयोगमा यो ठगलाई पक्राउ गरेको होटल सञ्चालक अन्जु श्रेष्ठले बताउनुभएको छ । पक्राउ गरि बनाएको भिडियो पनि श्रेष्ठले धादिङ अपडेटलाई उपलबध गराउनुभएको छ ।  श्रेष्ठ श्रावण १ गते यि ठगबाट ठगिमा पर्नुभएको थियो ।  यो ठगले यूकेबाट साथीले सामान पठाएको र यो बहुमुल्य सामान यहि छोड्छु मलाई सापटी पैसा दिनुहोस् भन्दै देशको विभिन्न ठाउँमा ठगि गर्दै हिड्ने गरेको पाईएको छ ।

यि नक्कली लाहुरेको ठगि धन्दामा धेरैजसो महिलाहरु परेका छन् । ठगी गर्ने यि ठगको ठगीको प्रकृति पनि एउटै छ । सुन, डलर पैसा, यूकेको स्विटर लगायत जिन्सी सामान राख्दीनु अहिले एकछिनमा आउछु भनेर जाने अनि फर्किएर नआउने गरेको छ ।

भिडियो हेर्नुहोस् :-

 

Facebook Comments