
चर्चित फिल्म प्रेम गीतका निर्माता सन्तोष सेनविरुद्ध ठगीको उजुरी परेको छ ।
सेनविरुद्ध ४ करोड ८४ लाख ५० हजार ठगीको आरोप लगाउदै सिक्किमका रामगोपाल राईले सेनविरुद्ध चलचित्र निर्माता संघमा उजुरी हाल्नुभएको हो ।
फिल्मको डिजिटल राईटस् दिन्छु भनि आफूसँग पैसा लगेको र पटक–पटक डिजिटल राइटका लागि फिल्मको कपी माग्दा नदिएको भन्दै आफु उजुरी हाल्न बाध्य बनेको उहाँको भनाई छ ।