धादिङ अस्पतालमा नागरिक सहायता कक्ष तथा अस्पताल सुरक्षागार्ड कक्ष भवनको उद्ध्घाटन गरिएको । आईतबार जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीले नागरिक सहायता कक्ष तथा अस्पताल सुरक्षागार्ड कक्ष भवनको उद्ध्घाटन गर्नुभएको हो ।
धादिङ अस्पताल तथा धादिङ सोसियल भोलेन्टियर नेपालको सहकार्यमा निर्माण गरिएको उक्त नागरिक सहायता कक्ष तथा अस्पताल सुरक्षागार्ड कक्ष बाट नागरिकहरुले सहज रुपमा सेवा लिन पाउने धादिङ सोसियल भोलेन्टियर नेपालका अध्यक्ष भेषराज ठकुरीले बताउनुभयो ।
सोही कार्यक्रमका बीच धादिङ सोसियल भोलेन्टियर नेपालको सम्पर्क कार्यालय स्थापना गरिएको छ । तथा धादिङ सोसियल भोलेन्टियरले विगत लामो समयदेखि धादिङलाई कार्यक्षेत्र बनाएर सेवा दिदैं आएको छ ।












