
धादिङको गंगाजमुना गाउँपालिकाको फुलखर्कमा भएको आँखा शिविरमा १ सय ५१ जनाले आँखाको जाँच गराएका छन् ।
तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौं र जिल्ला सामुदायिक आँखा केन्द्र धादिङको आयोजना तथा गंगाजमुना गाउँपालिकाको समन्वयमा आँखा शिविरमा सञ्चालन भएको हो ।
शिविरमा १ सय ५१ जनाले आँखाको जाँच गराएका मध्ये ६ जनामा मोति विन्दु फेला परेको जिल्ला सामुदायिक आँखा केन्द्र धादिङका नेत्र अधिकृत रामसिंह तामाङले जानकारी दिनुभयो ।

यस्तै भोली मंगलबार गंगाजमुना गाउँपालिकाकै बुढाथुम स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुने नेत्र अधिकृत तामाङले बताउनुभयो । यस्तै हिजो आईतबार सिद्धलेकको खिर्रेभज्याङमा भएको आँखा शिविरमा १ सय ५२ जनाले आँखाको जाँच गराएका थिए ।