२०८३ कार्तिक १५, शनिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङको फुलखर्कमा भएको आँखा शिविरमा १ सय ५१ जनाको आँखाको जाँच

धादिङको फुलखर्कमा भएको आँखा शिविरमा १ सय ५१ जनाको आँखाको जाँच

धादिङको गंगाजमुना गाउँपालिकाको फुलखर्कमा भएको आँखा शिविरमा १ सय ५१ जनाले आँखाको जाँच गराएका छन् ।

तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौं र जिल्ला सामुदायिक आँखा केन्द्र धादिङको आयोजना तथा गंगाजमुना गाउँपालिकाको समन्वयमा आँखा शिविरमा सञ्चालन भएको हो ।

शिविरमा १ सय ५१ जनाले आँखाको जाँच गराएका मध्ये ६ जनामा मोति विन्दु फेला परेको जिल्ला सामुदायिक आँखा केन्द्र धादिङका नेत्र अधिकृत रामसिंह तामाङले जानकारी दिनुभयो ।

यस्तै भोली मंगलबार गंगाजमुना गाउँपालिकाकै बुढाथुम स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुने नेत्र अधिकृत तामाङले बताउनुभयो । यस्तै हिजो आईतबार सिद्धलेकको खिर्रेभज्याङमा भएको आँखा शिविरमा १ सय ५२ जनाले आँखाको जाँच गराएका थिए ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।