
धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर २ खिर्रेभञ्ज्याङमा भएको आँखा शिविरमा १ सय ५२ जनाले आँखाको जाँच गराएका छन् ।
तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौं र जिल्ला सामुदायिक आँखा केन्द्र धादिङको आयोजना तथा सिद्धलेक गाउँपालिकाको समन्वयमा आँखा शिविरमा सञ्चालन भएको हो ।

शिविरमा ६२ जना पुरुष र ९० जना महिला गरि १ सय ५२ जनाले आँखाको जाँच गराएका मध्ये १० जनामा मोति विन्दु फेला परेको जिल्ला सामुदायिक आँखा केन्द्र धादिङका नेत्र अधिकृत रामसिंह तामाङले जानकारी दिनुभयो ।
यस्तै भोली गंगाजमुना गाउँपालिकाको फुलखर्क ग्रामिण अस्पतालमा शिविर सञ्चालन हुने नेत्र अधिकृत तामाङले बताउनुभयो ।