आयुर्वेद सेवा प्रद्धती ३ हजार वर्ष पुरानो चिकित्सा पद्धति भएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङका प्रमुख डा.स्वीरा जोशीले बताउनुभएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतका तीनवटा विभागहरु मध्येको एउटा आयुर्वेद विभाग हो ।

यसको स्थापना वि.सं. २०३८ सालमा भएको हो । यस विभागले मुख्यत आयुर्वेद स्वास्थ्य सेवाको व्यवस्थापन गर्नुका साथै यस विभाग अन्तर्गत देशभरि रहेका आयुर्वेद स्वास्थ्य संस्थाहरु मर्फत नेपाली नागरिकहरुको स्वस्थ जीवन यापन गर्न स्वास्थ्य प्रवर्धन गर्द आएको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङले प्रदान गर्दै आएको आयुर्वेद सेवाको विषयमा जानकारी गराउँदै सरकारबाट सिफारिस गरिएका ९५ प्रकारका औषधिमध्ये आयुर्वेद औषधालयबाट २३ प्रकारका औषधि निशुल्क उपलब्ध गराईने पनि डा. जोशीले बताउनुभयो ।  यस्तै आयुर्वेद स्वास्थ्य केन्द्र धादिङले नियमति रुपमा विरामी जाँच, नियमित ल्याव सेवा लगाएतका सेवाहरु प्रदान गर्दै आएको डा.स्वीरा जोशीले बताउनुभयो ।

आयुर्वेद स्वास्थ्य केन्द्रले विद्यालय योग तथा आयुर्वेद शिक्षा कार्यक्रम, महिला स्वयंसेवीकाहरुलाई आयुर्वेद सम्बन्धी सचेतनामुलक कार्यक्रम, स्थानीय जनप्रतिनिधीहरु सँग वार्षिक समिक्षा गोष्ठी, वर्षमा एक पटक निशुल्क शिविर लगाएतका कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

विशेष गरि प्रचारप्रसारको कमी हुँदा आयुर्वेद सेवा केन्द्रले प्रदान गर्दै आएको सेवाको बारेमा अझै पनि नागरिकहरुलाई जानकारी नभएको जोशीको भनाई छ । तर पछिल्लो समयमा भने आयुर्वेद सेवा प्रति नागरिकहरुमा सकारात्मक परिवर्तन आएको हुँदा दैनिक रुपमा ३० देखि ३५ जना विरामीहरु सेवा लिन आउने गरेका छन् ।

अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले धादिङको सबै स्थानीय तहमा आयुर्वेद सेवा पुर्याउन जरुरी रहेको बताउदै संचार माध्यमबाट आम नागरिकहरुलाई जानकारी गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Facebook Comments