२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

२० केजी सुन सहित एकजना विदेशी नागरिक पक्राउ

२० केजी सुन सहित एकजना विदेशी नागरिक पक्राउ
सेयर गर्नुहोस्
०सेयर

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट झण्डै २० केजी सुन सहित एकजना विदेशी नागरिक पक्राउ परेका छन् । विमानस्थल भन्सार कार्यालयका अनुसार करिब २० केजी सुनसहित सुडानी नागरिक करिब ३२ वर्षका एक पुरुष पक्राउ परेका हुन् ।

एकै व्यक्तिले ठूलो मात्रामा सुन ल्याएको यो पहिलो पटक भएको भन्सार कार्यालयको दाबी छ । उनले ल्याएको झोलाबाट १९ केजी ९ सय ग्राम सुन बरामद गरिएको हो । अहिले बरामदको पक्रिया चलिरहेको भन्सार कार्यालयले जनाएको छ ।

उनी केहीबेर अघि फ्लाइ दुबइको विमानबाट विमानस्थलमा अवतरण गरेका थिए ।बरामदी पक्रिया सकिएपछि उनलाई अनुसन्धानका लागि प्रहरी वृत्त गौशालामा पठाइने छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।