२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले दिए राजीनामा

बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले दिए राजीनामा
सेयर गर्नुहोस्
०सेयर

बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पदबाट राजीनामा दिनुभएको छ । सङ्घीय संसदमा निर्वाचित भएर शपथ ग्रहण गर्नुभएका पाण्डेले आज शुक्रवार प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा बुझाउनुभएको हो ।

बाग्मती प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा नदिइकन सङ्घीय सांसदको शपथ लिएपछि उहाँको आलोचना भएको थियो । प्रदेशको मुख्यमन्त्री र प्रतिनिधि सभा सदस्य दुवैतर्फ भूमिका निर्वाह गर्नेबारे कानुनविद् र प्रदेश प्रमुखसँग छलफल गरी मुख्यमन्त्री पदबाट राजीनामा दिएको उहाँले बताउनुभएको छ ।

पाण्डेले २०७८ कात्तिक ११ गते प्रदेशको मुख्यमन्त्रीको रूपमा जिम्मेवारी सम्हाल्नुभएको थियो । पाण्डे एमालेका भूमि त्रिपाठीलाई हराएर धादिङको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएको थियो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।