२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

८४ जना मोति विन्दु भएका विरामीहरुको शल्यक्रिया

८४ जना मोति विन्दु भएका विरामीहरुको शल्यक्रिया
सेयर गर्नुहोस्
०सेयर


जिल्ला सामुदायिक आँखा केन्द्र धादिङमा ८४ जना मोति विन्दु भएका विरामीहरुको शल्यक्रिया गरिएको छ ।

हिजो विहिबार २० जना र आज शुक्रबार ६४ जनाको मोतिविन्दुको शल्यक्रिया गरिएको जिल्ला सामुदायिक आँखा केन्द्र धादिङका नेत्र अधिकृत रामसिंह तामाङले जानकारी दिनुभयो ।

तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौं र जिल्ला सामुदायिक आँखा केन्द्र धादिङले जिल्लाको विभिन्न स्थानमा सञ्चालन गरेको निशुल्क आँखा शिविरमा मोतिविन्दु भेटिएकाहरुको शल्यक्रिया गरिएको उहाँले बताउनुभयो ।

यस्तै भोली शनिबार पनि जिल्ला सामुदायिक आँखा केन्द्र धादिङमा आँखाको जाँच र मोतिविन्दुको शल्यक्रिया गरिने नेत्र अधिकृत तामाङले बताउनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।