जिल्ला सामुदायिक आँखा केन्द्र धादिङमा १ सय २० जना मोति विन्दु भएका विरामीहरुको शल्यक्रिया गरिएको छ ।

विहिबार २० जना, शुक्रबार ६४ जना र आज शनिबार ३६ जना गरि १ सय २० जनाकोे मोतिविन्दुको शल्यक्रिया गरिएको जिल्ला सामुदायिक आँखा केन्द्र धादिङका नेत्र अधिकृत रामसिंह तामाङले जानकारी दिनुभयो ।

तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंका नेत्र शल्य चिकित्सक डाक्टर शुष्मा दुवालको नेतृत्वमा मोतिविन्दुको सफल शल्यक्रिया गरिएको हो ।

तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौं र जिल्ला सामुदायिक आँखा केन्द्र धादिङले जिल्लाको विभिन्न स्थानमा सञ्चालन गरेको निशुल्क आँखा शिविरमा मोतिविन्दु भेटिएकाहरुको शल्यक्रिया गरिएको उहाँले बताउनुभयो ।

Facebook Comments